अर्थ बजार

महिलालाई बेमौसमी तरकारी खेतीसम्बन्धी प्रशिक्षण

By admin

January 07, 2019

भद्रपुर । झापाको भद्रपुर नगरपालिका, वडा नं ७ का महिलालाई बेमास्मी तरकारी खेतीसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको आयोजना र ७ नं वडा महिला सञ्जालको संयोजनमा वडाका ५० जनाभन्दा बढी महिलालाई बेमौसमीलगायत प्रांगारिक खेतीसम्बन्धी प्रशिक्षण दिइएको थियो ।

वडा नं १० को सभाहलमा आयोजना गरिएको एकदिवसीय सो तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ भने– ‘यो तालिमपछि तपाईंहरु प्रांगारिक पद्धतिबाट बेमौसमी तरकारी उत्पादन गरेर बजारसम्म ल्याउनूस्, हामी किनेर खान्छौं ।’ उनले तालिममा प्राप्त ज्ञानको उपयोग गर्न सहभागीहरुलाई आग्रह गरे ।

सञ्जालकी अध्यक्ष सीता गुरागाईंको अध्यक्षतामा गोमा उप्रेतीले सञ्चालन र दुर्गा निरौलाले स्वागत गरेको तालिम उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, ७ नं वडाध्यक्ष विनोद पोखरेल, १० नं वडाध्यक्ष टेकबहादुर खड्का काजीलगायतले शुभकामना मन्तव्य राख्दै प्राप्त शीपलाई व्यवहारमा उतार्न सुझाव दिए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि परियोजना रबर जोनका प्रमुख शेषराज पौडेल, धर्म कटुवाल र अमृता लिम्बूले बेमौसमी तरकारी खेती प्रविधिसम्बन्धी प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई विभन्न जातका तरकारीको बीउ–बिजन पनि वितरण गरिएको थियो ।