Gurugram: Coca-Cola India and South West Asia Vice President (Marketing) Vijay Parasuraman, President T. Krishnakumar, ICC Chief Executive David Richardson and Coca Cola VP Public Affairs, Communication and Sustainability Ishteyaque Amjad with the World Cup Trophy in Gurugram on Jan 31, 2019. (Photo: IANS)

खेलकुद

कोका–कोला र आईसीसीबीच साझेदारी

By admin

February 04, 2019

काठमाडौं । विश्वभर सवार्धीक रुचाइएको पिय पदार्थ कोका–कोला मानिसहरुको खुसी, उत्सव, हासो र भावनाहरुको हिस्सा बन्दै आइरहेको छ । कोका–कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलसँगसाझेदारी गरेको हो ।

कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पिय पदार्थ पाटर्नर बनेको छ । कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ । कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन आईसीसी पुरुष विश्व कप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–ट्वान्टी वल्ड कप, न्यूजिल्यानडमा र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपमा प्रायोजन गर्नेछ ।

कोका–कोलाले उपभोक्तसँग जोडिनका लागि कस्टुमर सेन्ट्रिक पोटफोलियो बनाउदै आएको छ । कम्पनीले लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारी गर्दै आएको छ । कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।

नेपालको खेलकूद विकासका लागि कोका–कोलाले एभरेष्ट प्रिमियर लिग, ट्वान्टी–ट्वान्टी क्रिकेट टुनामेन्ट आयोजना गरेको थियो । त्यसबाहेक कोकले विगत १० वर्षदेखि यूवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसियशन एन्फासँग सहकार्य गरेर धेरै जिल्ला स्तरीय र अन्तर स्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।