सूचना प्रविधि

भद्रपुर विमानस्थलको थाइ प्राविधिकद्वारा हवाइ निरीक्षण

By admin

May 04, 2019

भद्रपुर / शुक्रबार दिउँसो साढे ४ बजे। झापाको आकाशमा एउटा जेट विमान देखा पर्‍यो। विमानले भद्रपुर विमानस्थलमाथि करिब १२ फन्को लगायो। विमानले भद्रपुरको आकाशमाथि फन्को लगाएपछि केहीले उड्दै गरेको विमानको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे।

केहीले विमानस्थलका कर्मचारीदेखि पत्रकारसम्मलाई फोन गरेर विमानबारे बुझ्न कोसिस गरे। तर, उनीहरूको कौतुलता मेटिएन। शुक्रवार झापाको आकाशमा देखा परेको विमान थाई जेट विमान थियो। एरो थाई कम्पनीको जेट विमान भद्रपुर विमानस्थलको अध्ययनसँगै हवाइ निरीक्षणका लागि आएको चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्ण चुडालले जानकारी दिए।

‘कुनै प्राविधिक समस्याले जहाज ल्यान्ड गर्न नसकेको भने होइन’, चुडालले भने, ‘विमानस्थलमा जडान गरिएको उपकरणको अध्ययनसँगै निरीक्षणका लागि टोली आएको हो। उनका अनुसार विमान चालकदलसहित थाइल्याण्ड र नेपालका संयुक्त प्राविधिक टोली आएको हो। टोलीले विमानस्थलमा जडान गरिएको रात्रिकालीन लाइटको जाँच र आगामी दिनमा जडान गरिने भिओर डेमीको अध्ययन गरेको थियो।

भद्रपुर विमानस्थलको स्तोरउन्नतिका काम धमाधम भइरहेको बताउँदै चुडालले भने, ‘भद्रपुर–काठमाडौँ सुरक्षित हवाइ यात्रा गराउन चाहिने आवश्यक उपकरण थप्नु परेमा थप्ने वा अन्य उपकरण समेत जडान गर्नलाई सरकारले टोलीलाई भद्रपुर पठाएको हो।’

अहिले रात्रिकालीन हवाइ सेवा स्याटलाइटको माध्यमबाट सञ्चालन भइरहेको छ। भिआर डेमी जडानपछि जमिनमा पनि उपकरण जडान हुन्छ र उडान भर्न विमानलाई झन् सहज हुन्छ।

थाहा खबरबाट