समाज

ताप्लेजुङमा दुर्लभ चरी बाघ भेटियो

By admin

May 19, 2019

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा बुङ्कुलुङको भोटेगाउँ क्षेत्रमा चरी बाघ (लेपर्ड क्याट) फेला परेको छ।

दुर्लभ प्रजातिको यो जन्तुलाई स्थानीय थुक्तेन शेर्पाको घरमा पालेको कुकुरले पक्रेर ल्याएको हो। अन्दाजी एकमहिनाको करिव १ किलोग्राम तौल रहेको पोथी प्रजातिको चरीबाघ अहिले डिभिजन वन कार्यालयमा पशु चिकित्सकको परामर्श तथा निगारानीमाा राखिएको छ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रकुमार राईका अनुसार दाहिने खुट्टामा सामान्य चोटपटक रहेको त्यो जन्तु पूर्ण रुपमा स्वस्थ्य भएपछि प्राकृतिक बासस्थानमा छाडिने छ। अहिले त्यसलाई मासु र दुध खुवाएर राखिदै आएको राईले जानकारी दिए।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ को अनुसूची १ दफा १० मा यसलाई दुर्लभ जन्तुको सूचीमा सूचिकृत गरिएको छ। बिरालो प्रजातिमा पर्ने यसको बैज्ञानिक नाम फेलिल बैंगालेसिन्स रहेको छ।