समाज

शोकमा डुबेको आरुबोटे कहिले बन्ला सामान्य !

By admin

May 22, 2019

फिदिम । दुई परिवारका ९ जनाको ज्यान जाने गरी भएको घटना पछि अशान्त बनेको मिक्लाजोङ गाउँपालिका ३ अरुबोटे क्षेत्र अहिले सामान्य बन्न सकिरहेको छैन ।

त्यस क्षेत्रका बिद्यालय खुल्न सकेका छैनन् भने सरकारी कार्यालयमा समेत काम हुन सकिरहेको छैन । पूरै गाउँ शोकमा भएपछि आफूहरु पनि काममा फर्किन नसकेको वडा नम्बर ३ का सचिव सञ्जय राईले जानकारी दिए ।

बजार पुसल समेत सामान्य अवस्थामा छैनन् । स्तब्ध स्थानीय घटनाका विषयमा कुराकानी गर्नेबाहेक केही गर्न सकिरहेका छैनन् । उनीहरु अकल्पनीय घटनाले त्रसित छन् ।