समाज

विद्युत् चुहिएर दमकमा आगलागी

By admin

May 23, 2019

दमक । विद्युत् चुहिएर गएराती झापाको दमक चौकमा रहेको एउटा किराना पसलमा आगोलागी हुदाँ लाखौंको क्षति भएको छ ।

दमक ५ स्थित मनोज साहको किराना पसलमा राति करिब साडे ११ बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुदै आएको साहको किरानाबाट अचानक निस्किएको आगोले संगै रहेको राज अग्रवालको मोवाईल पसलमा समेत क्षति पुगेको थियो ।

आगो समयमै नियन्त्रण आएका कारण सोही घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन । साहको दैनिक उपभोग्य खाद्य सामग्री नष्ट हुदाँ ३० लाखभन्दा बढी मूल्यको सामान नष्ट भएको थियो भने अग्रवालको मोवाईल पसलमा समेत १० लाखभन्दा बढीको क्षति भएको प्रांरिम्भक अनुमान छ ।

आगो करिब २ घण्टा लगाएर दमक नगरपालिकाको दुई वटा बारुणयन्त्र र स्थानीय, प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।