काठमाडौँ । सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ ।
सिलिन्डर बम पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ७ जना घाइते भएका छन् ।
सुकेधारामा ढलाने पुलनजिकको सटरभित्र र अनामनगरमा कोठाभित्र सिलिन्डर पड्किएको हो । सुकेधारा घटनामा परी काभ्रे घर भइ कपन बस्दै आएका ४४ वर्षीय हरि खड्का र कपन चुलिखेलका सुरेश महर्जन रहेको प्रहरीले जनाएको छ ।
अनामनगर घटनामा मृत्यु हुने मृतकको सनाखत भइसकेको छैन ।