समाज

पूर्वी सीमामा विष्फोटकसहित एक नेपाली पक्राउ

By admin

June 03, 2019

झापा/ नेपाल–भारतको सीमाको भारतीय भूमिमा बिस्फोटक पदार्थससहित एक नेपाली पक्राउ परेका छन्।

काँकडभिट्टा-पानीटंकी नाकामा तैनाथ भारतीय एसएसबीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुरका ३३ वर्षीय प्रसाद राईलाई पक्राउ गरेको हो। एसएसबीले राईको साथबाट बिस्फोटक पदार्थ नेगेल (९०) को ४० प्याकेट, १०० पिस विद्युतीय डेटोनेटर, नेपाली नागरिकको परिचयपत्र, मोवाइल फोनलगायतका सामग्री बरामद गरेको जनाइएको छ।

मेघालयको सिलंगबाट नेपाल फर्किन लागेका राईमाथि एसएसबीले बोर्डरमा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा बिस्फोटक पदार्थ बरामद गरिएको एसएसबीका कमाण्डर राजीव राणाले जानकारी दिए। बिस्फोटक पदार्थसहित पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइसकेको कमाण्डर राणाले बताए।