कला

युरोपमा सुहानाको बोल्ड फोटो सुट

By admin

June 03, 2019

एजेन्सी । धेरै स्टार किडहरु त्यसै हाईलाईटमा हुने गर्दछन् । उदाहरणमा नायिका सुहाना थापा पनि हुन् । उनी निर्देशक तथा नायिका झरणा थापा र निर्माता सुनिलकुमार थापाकी छोरी हुन् ।

उनलाई फिल्म नखेल्दा पनि धेरैले चिन्ने गर्दथे । तर जब उनले होम प्रोडक्सनबाटै चलचित्र ए मेरो हजुर ३ मार्फत डेब्यू नायिका भएर काम गरिन् त्यस पश्चात उनको उचाई एकै पटक ह्वात्तै बढेको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि निर्देशक झरना थापा र नायिका सुहाना थापा यतिबेला युरोपमा छन् । अहिले ‘ए मेरो हजुर ३’ को शो युरोपमा चलिरहेको छ ।

यूरोपमा सुहानाले निकै रोमान्स गरिरहेको तस्वीरहरुबाट प्रष्ट पार्न सकिन्छ । उनी त्यँहा निकै बोल्ड अवतारमा प्रस्तुत भउकी छिन् । फिल्ममा नायक अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ ।