समाज

स्काभेटरले किचेर इलामका मनिषको मृत्यु

By admin

June 04, 2019

झापा । इलाम माई नगरपालिका वडा नं ४ कट्टेलटारका १६ वर्षीय मनिष लुङ्गेली मगरकोे रामेछापमा स्काभेटरले किचेर आइतबार राति मृत्यु भएको छ ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर २ को सानिमा हाईड्रोपावर कम्पनीमा काम गर्ने क्रममा कम्पनिको स्काभेटरले लागेर लडेका लुङ्गेलीको उपचारमा लाने क्रममा मृत्यु भएको बताईएको छ । स्काभेटरले लडाएका मगरको पुनः गाडी पिछा गरी ज्यान लिएको परिवार श्रोतको दाबी छ ।

इलाम माई नगरपालिका वडा नम्बर २ को इलाम न्युलाईट अंग्रेजी बोर्डिङ्ग स्कुलबाट एसइई परीक्षा दिएका मगर ४५ दिनअघि बिदाको समयमा कामका लागि रामेछाप गएका थिए । मगरलाई कानुनी प्रक्रिया पूरा गरी मंगलबार घर ल्याइने उनका काका टेकबहादुर लुङ्गेलीले बताए ।