समाज

करेन्ट लागेर मेचीनगरमा एकको मृत्यु

By admin

June 11, 2019

झापा । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ११ बस्ने २५ वर्षीय कमल खड्काको रहेको प्रहरी कार्याल झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार मंगलबार दिउँसो आफ्नै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा खडकालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएको थियो । घाइते खड्काको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको जनाइएको छ।