समाज

हेनुस् बिर्तामोडदेखि भद्रपुरसम्मै चार लेनको सडक

By admin

June 12, 2019

बिर्तामोड । गत असोज महिनादेखि सुस्त गतिमा निर्माण शुरु भएको बिर्तामोड–भद्रपुर सडक खण्ड सदरमुकामसम्म जोडिने भएको छ । यसअघि बिर्तामोडदेखि गरामनी छेउ सम्म ४ किलोमिटर सडक चारलेन बनाउने सम्झौता भएको थियो ।

हरेक जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम राजमार्गबाट चारलेनको सडकले जोड्ने प्रधानमन्त्री केपीशर्मा ओलीको घोषणापछि बिर्तामोड–भद्रपुरसम्म चार लेनको बाटो निर्माण प्रक्रिया अघि बढेको छ । तीन वर्षभित्रमा सडक निर्माण सम्पन्न हुने बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको जानकारी दिए । थप भएको योजना बमोजिम साढे १३ किमी सडक बन्ने भएको हो ।

यसअघि सम्झौता अनुसार २७ करोड रुपैयाँ लागतको सडक निर्माणका लागि डिभिजन सडक कार्यालय दमकले टेन्डर आह्वान गरेको थियो । उक्त सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट विनियोजन गरेको डिभिजन कार्यालयका इन्जिनियर माधव पौडेलले जानकारी दिएका छन् ।

उनले भने, ‘काम सुरु भएको १८ महिनाभित्र पूरा गरिसक्ने लक्ष्य छ ।’ चार किमिमध्ये २।८ किलोमिटर सडक १६ मिटर चौडा, एक मिटर नाली र फुटपाथसहित जम्मा २३ मिटर चौडा हुने गरी सम्झौता भएको थियो । आषिश-प्रेरा जेभीले काम गरिरहको छ । काम सुस्त गतिमा भएपछि आम उपभोक्ताले ठेकेदार पक्षको आलोचना समेत गर्दै आएका छन् ।