खेलकुद

अमेरिका महिला विश्वकपको सेमिफाइलमा

By admin

June 29, 2019

एजेन्सी- आयोजक तथा घरेलु टोली फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपको सेमिफाइलमा प्रवेश गर्न सफल भएका छन् ।

पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार राति भएको खेलमा अमेरिकाले घरेलु टोली फ्रान्सलाई २-१ ले स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । अब अमेरिकाले फाइनल प्रवेशका लागि जुलाई २ को राति इंग्ल्यान्डसँग खेल्नेछ ।

अमेरिकाको जितमा मेगन रापिनोइले दुवै गोल गरिन् । फ्रान्सकी वेन्डी रिनार्डले एक गोल फर्काइन् । खेलको पाँचौ मिनेटमा नै मेगनको गोलबाट अमेरिका १-० ले अघि बढेको थियो ।

पहिलो हाफमा १-० को अग्रता लिएको अमेरिकाले ६५औं मिनेटमा मगेनको गोलबाट अग्रता दोब्बर बनायो । ८१औं मिनेटमा वेन्डी रिनार्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएपनि थप गोल निस्कन नसक्दा फ्रान्स २-१ ले स्तब्ध बन्न पुग्यो । खेलभर नै फ्रान्सले अमेरिकालाई दवावमा राखेको थियो ।