झापा । गाउँपालिकास्तरीय फुटबल प्रतियोगितामा विजेता बनेको फुटबल टिमलाई जब नगरमा विजयोत्सवसहित अविरजात्रा र खादा लगाएर महँगा गाडीमा राखेर परिक्रममा गराइन्छ । त्यो खेलाडीलाई खेलप्रति कति गर्व महसुस हुन्छ ? त्यो क्षणका लागि मोरङको केराबारी गाउँपालिका पुग्नुपर्छ । स्थानीय बेलबारी गाउँपालिकामा आयोजना भएको अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि दिलाएको केराबारी गाउँपालिकाका खेलाडीलाई यसरी पालिकाको नगरमा बजार परिक्रमा गरिएको हो । नगर परिक्रमासँगै उनीहरुलाई पालिकामा सम्मानसमेत गरिएको थियो ।
केराबारीको टिमले अन्तरपालिकास्तरीय प्रथम बेलबारी नगर मेयर कप २०७६ को उपाधि पथरी शनिश्चरे नगरपालिकालाई २-० गोलअन्तरमा पराजित गर्दै रक्षा गरेको थियो ।
शनिबार बेलबारी रंगशालामा भएको फाइनल खेलको दोस्रो हाफमा मनिष लिम्बू र भुवन बस्नेतले गोल गर्दै जीत सुनिश्चित गरेका थिए । बस्नेत नै फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा केराबारीका भुवन बस्नेत उत्कृष्ट खेलाडी, भवानी लिम्बू उत्कृष्ट प्रशिक्षक, सौजन लिम्बू सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता मनिष लिम्बू र उत्कृष्ट गोलकिपर पूर्ण लिम्बू घोषित भएका थिए ।