खेलकुद

ब्राजिली कप्तान ‘प्लेयर्स अफ दी टुर्नामेन्ट’

By admin

July 08, 2019

एजेन्सी । कोपा अमेरिकाको ‘प्लेयर्स अफ दी टुर्नामेन्ट’को उपाधि ब्राजिली कप्तान ड्यानी अल्भासले जितेका छन् । प्रतियोगितामा ब्राजिली टिमको नेतृत्व गरेका ड्यानीले प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । माराकाना मैदानमा सोमबार बिहान भएको फाइनल खेलमा ब्राजिलले पेरुलाई हराउँदै उपाधि जितेको थियो ।

ब्रजिलियन ‘राइट ब्याक’ ड्यानी केही हप्ता अगाडी मात्र फ्रान्सेली क्लब पीएसजी छाड्ने घोषणा गरेका थिए । त्यस्तै फाईनल खेलमा पहिलो गोल गरेको एभर्टनले ‘म्यान अफ द म्याच’ चुनिए । उनले ग्याब्रियल जेससको पासमा पेरुविरुद्ध पहिलो गोल गरेका थिए ।

यस्तै, ब्राजिली गोलकपिर एलिसनले ‘गोल्डेन ग्लोव्स’ जिते । प्रतियोगिता अवधिभर मात्र एक गोल खाएका उनी उत्कृष्ट गोककिपरको हकदार बने ।