बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका-३ चकचकीका २८ बर्षीय मोहमद रियाज नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार राति साढे ९ बजे रियाजलाई ४५० ग्राम ब्राउन सुगरसहित बिर्तामोडबाट पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका रियाजलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।