समाज

सन्दकपुरका पहिरोपीडितलाई राहत वितरण

By admin

July 29, 2019

इलाम । इलामको सन्दकपुर गाउँपालिका ५ गैरीगाउँका पहिरोबाट विस्थापित १२ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

पहिरोबाट पीडित १२ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही नगद ५ हजारसहित नेपाल रेडक्रस सोसाइटी इलामबाट बन्दोबस्तीको सामान वितरण गरेको हो ।

जिल्ला विपद्‍ व्यवस्थापन समितिले ६ परिवारलाई पाल, कपडा, भाँडावर्तन, बाल्टी, डोरी र ६ परिवारलाई एक-एक थान त्रिपाल वितरण गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद्‍ व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा पाण्डे, शसस्त्र प्रहरी उपरीक्षक र रेडक्रसका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

राहत पाउनेहरुमा सन्दकपुर गाउँपालिका ५ का पूर्णबहादुर गुरुङ, जितकुमारी गुरुङ, लाखमान तामाङ, माया गुरुङ, रमेश गुरुङ, सुर्यबहादुर गुरुङ, निरबहादुर गुरुङ, रामबहादुर गुरुङ, धर्मध्वज गुरुङ, नेत्रबहादुर गुरुङ, यामबहादुर गुरुङ र बेदबहादुर कार्की रहेका छन् ।