खेलकुद

नेयमार ‘आउट’ ! रोनाल्डो र मेस्सी मनोनयनमा

By admin

July 31, 2019

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनीक गरेको छ । फिफाले बुधबार सार्वजनीक गरेको शीर्ष १० खेलाडीको सुचिमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी अटाएका छन् ।

बर्ष खेलाडीमा रोनाल्डो र मेस्सीसंगै डी जोङ फ्रेनकी, म्याथिज डी लिट, ईडेन हजार्ड, ह्यारी केन, साडियो माने, केलियन एम्बाप्पे, मोहमद सलाहा र भर्जिल डिजिक रहेका छन् ।

तर म्यानचेष्टर सिटीलाई प्रिमियर लिग जिताएका कुनै खेलाडीले फिफाको शीर्ष १० खेलाडीमा स्थान बनाउन सकेनन् । च्याम्पियन्स लिगमा लिभरपुललाई उपाधि जिताएका माने र सलाहाले बर्ष खेलाडीको मनोनयनमा आफुलाई पार्न सफल भएका छन् ।

वालेन डी ओर पाएका लुका मोड्रिचलाई समेत फिफाले शीर्ष १० खेलाडीको सुचिमा राखेन । क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी नेयमार समेत पुरुष बर्ष खेलाडीको प्रारम्भिक मनोनयनमा अटाएनन् ।