पाँचथर । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सामाधिस्थल र तपोभूमिको रुपमा रहेको सिलौटी-लब्रकुटी क्षेत्र धार्मिक रुपमा रहेको छ । प्राकृतिकरुपमा सुन्दर तथा सिजन अनुसारको फरक विशेषता भएकाले यो ठाँउ चर्चित रहेको छ ।
मेची राजमार्गको पौवाभञ्याङदेखि सिलौटी-देउराली-दुतिया-लोब्रेकुटी-लालिखर्कलाई जैविक पदमार्गको रुपमा विकास गर्नसक्ने सम्भावना रहेको सरोकारवालाहरु बताउँछन् । धार्मिक आस्थाको महत्पूर्ण थलोमा एक दिने हाईकिङ गर्न उपयुक्त हुने औल्याइन्छ । असोजदेखि हिमाल खुल्ने, सिजन गुराँस फूल्ने, बर्षामा मस्त हरियाली हुने यो क्षेत्रमा एकदिन पदयात्रा गर्न सकिन्छ । यो क्षेत्रमा एक दिन घुम्न सकिने भएकाल प्रवद्र्धन गर्नु पर्ने देखिएको लालिखर्क-बतासे होमस्टेका सचिव चन्द्र योङ्या बताउँछन् । यो क्षेत्रको पदयात्रामा केहि टोलि हिडिसकेको बताउँदै योङ्याले धार्मिक महत्व तथा जैविक पदयात्राको महत्पूर्णथलोको रुपमा विकास गर्न सकिने अवस्था रहेको बताए ।
जैविक विविधताले भरिएको यो यात्राको थलो नेपाल सरकारले १ सय वटा पर्यटकिय गन्तव्यमा राखेको लोब्रेकुटी–सिलौटी फाल्गुनन्द सक्रिटमा पनि पर्छ । मस्त सुनसान । सल्लाह लगायतको बन क्षेत्र । फरालिको चउरहरु । सिजन अनुसार यहाँको विशेषता फरक फरक रहन्छ ।
२००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा फाल्गुनन्दको निधन भएको थियो । सिलौटि डाँडामा समाधी स्थल रहेको छ । फाल्गुनन्दले प्रयोग गरेका समाग्रिहरु यहाँ सुरक्षीत छन् । यो ठाँउ उसैगरी सुन्दर छ । एकान्त प्रियलाई उत्तम छ । ध्यान, तपश्विलाई झन महत्वको ठाँउ पनि छ ।
फाल्गुनन्दले तपश्या गरेको तथा समाधि स्थल रहेकाले यो महत्पूर्ण ठाँउ रहेको यहाँका पुजाँरी नायेमहाङ नेम्बाङ बताए । यहाँ फाल्गुनन्दको आश्रम, धुनि, मन्दीर तथा अन्य शक्ति पिठ भएको उनले सुनाए । यो क्षेत्र ग्रामिण क्षेत्रको भरपुर दृष्यावलोकन गर्न मिल्छ । किसानहरु खेतीकर्म व्यस्त भेटिन्छन् । लेकाली भुबनोट आर्कषक लाग्छ । फराकिलो चौर जस्तै देखिने बारीका गराहरु, थुम्कीला पहाडले भरिएको यो ठाँउ निक्कै आर्कषक देखिन्छ । लेकको ओरालोमा पात बेरेर बजाउदै हिड्नुको मज्जा छुट्टै हुन्छ ।
लोब्रेकुटीमा अर्को महत्पुर्ण गन्तव्य हो । यहाँ धार्मिक महत्व र प्राकृतिक सम्पदा उत्तिकै छ । थुम्कीला डाँडाहरु, फराकिलो चौरी, धेरै उकालो पनि हैन, सिधै तेस्रो पनि हैन । लोब्रेकुटिमा फाल्गुनन्दले विस १९८८ साल बैशाख २४ गते तत्कालिन १० लिम्बुवान १७ थुमका किरातहलाई बोलाई वृहत चुम्लुङ आयोजना गरी सत्यधर्म मुजुल्का गराए । सत्यधर्म मुजुल्कामा उबेलानै फाल्गुनन्दले छोरा छोरीलाइ विभेद गर्न नहुने बुदा समेटेका थिए ।
यतिमात्र हैन उक्त मुजुल्काहरुमा समाजसुधारका लागि विभिन्न विषयहरु समेटिएका थिए । मुजुल्कामा छोरी चेलीको सोत रीत खान नहुने, इश्वरको नाममा वलि पुजा गर्न नहुने, किरातहरुको धार्मीक सस्कारमा एकतरुपता ल्याउन पर्ने, मर्दापर्दा मासुको पिण्ड चढाउन नहुनआफ्नै भाषा लिपिमा अध्ययन गरी लिपिको जगेर्ना गर्ने जस्ता विषय समेटिएका थिएनन ।
किरात धर्म दर्शनका पुनरुत्थानकर्ता, समाजसुधारक, मुन्धुमको संरक्षण कर्ता ,ध्यानी योगि तथा धार्मिक अगुवाको रुपमा फाल्गुनन्दलाई लिईन्छ । उनको अर्को कर्मभुमिको रुपमा लोब्रेकुटि रहेको छ । यहाँ फाल्गुनन्दले समाज सुधारका लागि विभिन्न प्रयास गरेको इतिहास पाईन्छ । फाल्गुनन्द विसं १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाँउपालिका-२ चुक्चीनाम्बामा जन्मिएका थिए । नेपाल सरकारले २०६६ साल मंसीर १६ गते नेपालको सोह्रौ राष्ट्रिय विभुतिको रुपमा घोषणा गरेको थियो ।
यो क्षेत्रको एकिकृत विकासमा जोड दिनु पर्ने लोब्रेकुटि मन्दीरका पुजारी धुब्र तुम्बापो बताउँछन् । धार्मिक महत्व, प्राकृतिक सुन्दरतलाई पर्यटनसाग गास्नु पर्ने उनको भनाई छ । यसको फेदमा होमस्टे सञ्चालन गरीएको छ । सिलौटि लोब्रेकुटिसँग पाथिभरा, तिम्बु पोखरी जाने पर्यटकलाई बसाउने योजना सहित होमस्टे प्रारम्भ गरीको छ । दश घरमा रहेको होमस्टे सञ्चालीत छ । अझै थप हुने समेत बताइएको छ । गर्मि याममा पनि सितल हुने, ग्रामिण जनजीन, खेतीप्रणाली तथा आर्कषणक डाँडाहरु भएको फराकिलो क्षेत्र भएकाले पर्यटकले रुचाउने अपेक्षा राखिएको बताईन्छ ।
एकदिनको पदयत्राका लागि पौवाभौञ्याङ, सिलौटि, लोब्रेकुटि, लालिखर्क पदयात्रा गर्न उपयुक्त ठाँउ हो । लालिखर्क होमस्टे पाउनलाई स्वागत गर्न तम्तयार छन् । प्राकृतिक दृष्यहरुले पनि उत्तिकै स्वागत गर्ने छन् । आउनु राष्ट्रिय विभूति फाल्गुनन्दको तपोभूमि क्षेत्रमा महत्पूर्ण र्छ थलो, ।
पदमार्गका लागि प्राकृतिक सरचना नबिगार्ने गरी बाटोको मर्मत, आराम गर्ने स्थल र प्रचार प्रसार आवश्यक रहेको साहित्यकार सगुन सुसाराले बताए । एकदिनको पदयात्राका लागि यो ठाँउलाई उपभोग गर्नु पर्ने उनको भनाई छ ।