झापा । बिर्तामोड सरसफाइ अभियानको आयोजनामा फूलपातीका दिन कुटीडाँडास्थित पाथीभरा मन्दिर सरसफाइ साथै डस्बिन हस्तान्तरण गरिएको छ । स्वास्थ्यका लागि सरसफाइ, सबैका लागि सरसफाइ, सरसफाइ अभियान देशब्यापी बनाउ, मेची महाकाली सफाइ अभियान भन्ने नाराका साथ नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सन्देश दिँदै कार्यक्रम आयोजना गरिएको बिर्तामोड सरसफाइ अभियानका संयोजक बिष्णु आचार्यले बताए ।
विभिन्न माध्यमबाट स्रोत खोजेर विभिन्न सार्वजनिक स्थानमा सरसफाइ गर्नुका साथै विषयगत जनचेतना फैलाउँदै आएको झापाबाट ताप्लेजुङको पाथीभरासम्म पैदलयात्रा सम्पन्न गरेका हल्दिबारी १ का नितेश ओलीले जानकारी दिए ।
कार्यक्रममा चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरम हल्दिबारीका अध्यक्ष अभिषेक खतिवडा (अभी), पहिलो पाइला झापा शाखाका अध्यक्ष मदन ओली, दाह्री ग्याङ्ग झापाका अमृत शर्मा, बिर्तामोड सरसफाइ अभियानका अभियन्ता भरत बस्नेत, दिपलाइट बाँस्कोटा, रामचन्द्र मैनालीलगायत युवाहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो।