समाज

दुर्घटनामा एकै परिवारका पाँचसहित ६ जनाको मृत्यु

By admin

December 01, 2019

सुनसरी । शनिबार राति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँचसहित छ जनाको मृत्यु भएको छ।

विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को. १ त ९३६४ नम्बरको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना.२ ख ९०८२ नम्बरको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताए।

मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले जाकारी दिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको छ।