खेलकुद

भीमनगर क्वाटरफाइनलमा

By admin

December 02, 2019

भद्रपुर । भीमनगर फुटबल क्लब भद्रपुर टाइब्रेकरमा संर्घषपूर्ण जित निकाल्दै झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ख्रिष्टमस २०१९ र नववर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित सोमबार भएको खेलमा राजगढ फुटबल क्लवलाई ट्राइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै भीमनगर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

भद्रपुर माविको खेल मैदानमा आज भएको दोस्रो दिनको खेलमा दुवै टिमले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल टाइइब्रेकरमा गयो । खेलको म्यान अफ द म्याच राजगढका श्याम मुर्मु घोषित भए ।

मङ्गलवार चन्द्रगढी फुटबल क्लब र सुर्यनगर फुटबल क्लब बिच हुने खेल संयोजक अनिल लिम्बुले जानकारी दिए । प्रतियोगितामा पाँच वटा चर्च र पाँच वटा क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ । विजेता टिमलाई नगद ३० हजार र उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफी प्रदान गरिनेछ ।