समाज

भिरबाट लडेर धनकुटामा एकको मृत्यु

By admin

December 03, 2019

धनकुटा । जिल्लाको महालक्ष्मी नगरपालिका-६ मुंगालीगाउँ बस्ने ५२ वर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ।

आइतबार राति साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार बेलुकासम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा मंगलबार बिहान छुम्लिङ भिर मुनी मृत अवस्थामा पेला परेका थिए।

उक्त घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुदर्शन प्रसाद कोइरालाले जानकारी दिए।