शिक्षा

शिवगञ्जका विद्यार्थीलाई न्यानो कपडा

By admin

January 03, 2020

झापा । जनआदर्श मावि शिवसताक्षी ६ शिवगञ्जका कक्षा ५ सम्मका सम्पूर्ण ७१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच न्यानो कपडा (स्वीटर) वितरण गरिएको छ ।

जनआदर्श मावि पूर्व विद्यार्थी समन्वय समिति शिवसताक्षीले आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमको अध्यक्षता शिवसतासी ६ नम्बर वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व विद्यार्थी समन्वय समिति अध्यक्ष मनोज खुलाल कार्कीले गरेका थिए भने विद्यालयका पूर्व प्रधानाध्यापक जीवन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

समन्वय समिति सदस्य भगवती ढुंगेल, पूर्व विद्यार्थी महेश भण्डारी र पूर्व विद्यार्थी अनु गौतमले न्यानो कपडा खरिद गर्न आर्थिक सहयोग गरेका थिए । आर्थिकरुपमा विपन्न वर्गका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा दिन पाउँदा आफूहरुलाई खुसी र आनन्द मिलेको भगवती ढुंगेलले बताइन् ।