अर्थ बजार

स्थानीय तहमा शाखा पुर्याउने बाणिज्य बैंक लक्ष्यनजिक

By admin

January 23, 2020

काठमाडौँ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको योजना लक्ष्यनजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरण अनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् अब १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी देखिएको छ ।

बैंकका अनुसार प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् भने प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र गण्डकी प्रदेशका १–१ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्न बाँकी छ ।

त्यस्तै बाग्मती प्रदेशका २ स्थानीय तह र सुदुरपश्चिम प्रदेशका ४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी छन् ।

स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य हुदै गएको छ । रासस