समाज

शिवसताक्षीका मेयर सवार गाडी दुर्घटनामा

By admin

January 26, 2020

दमक । शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा सवार सरकारी गाडी दुर्घटनामा परेको छ ।

दमक नजिकै रतुवा खोला पुलमा आइतबार दिउँसो गाडी दुर्घटनामा परेको हो । मे. १ झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी मेयर शेर्मा आफैँले चलाएका थिए ।

विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मेयर शेर्मा सकुशल छन् । गाडीमा भने नराम्ररी क्षति पुगेको छ ।

मेयरका भतिजासमेत रहेका गाडी चालक कर्ण राईका अनुसार शेर्मा औषधि किन्न दमक जाँदै गर्दा गाडी दुर्घटनामा परेको हो । गाडीमा मेयर शर्मा मात्रै थिए ।