समाज

इनरूवामा हायस र बस दुर्घटना हुँदा तीनको मृत्यु

By admin

February 02, 2020

इटहरी । हायस र नाइट बस एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा आइतबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा चार जना घाइते भएका छन्।

घाइतेको संख्या अझै बढ्न सक्ने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। पूर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा जुधेका हुन्।

घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ। मृतकको सनाखत भएको छैन। विस्तृत विवरण आउन बाँकी छ।