कला

यस्तो बन्यो प्रेम गीत-३ को पहिलो गीत (हेर्नुहाेस्र भिडियाे)

By admin

February 04, 2020

झापा । फिल्म निर्माण घोषणासँगै चर्चामा आएको सन्तोष सेनले निर्माण गरेको सुपर हिट नेपाली चलचित्र ‘प्रेम गीत’को तेस्रो सिक्वेल ‘प्रेम गीत-३’को पहिलो गीत रिलिज भएको छ ।

पछिल्लो समय नेपाली दर्शकको प्रतिक्षित र नेपाली चलचित्र क्षेत्रकै ध्यान तानेको फिल्म ‘प्रेम गीत-३’ को पहिलो गीत ‘हात्ती ढुङ्गामा’ बोलको गीत रिलिज भएको छ । ओएसआर डिजिटल को युट्युब च्यानल मार्फत आज मंगलवार रिलिज भएको हो । तामाङ सेलो भाकामा रहेको गीतलाई नेपाल सागर आले र मेलिना राईको स्वर, हर्क साउदको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।

आज रिलिज गीतमा, सुनिल थापा, माओत्से गुरुङ, प्रदिप खड्का, क्रिस्टिना गुरुङ, सन्तोष सेन फिचर छन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा प्रदिपको डान्स प्रसंशनीय रहेको छ । रिलिज गीतमा फिल्मकी डेव्यु नायिका क्रिस्टिनाको प्रस्तुतिले सबैको ध्यान खिचेको छ ।

यसवर्षकै प्रतिक्षित फिल्मलाई छेतन गुरुङ र मन्दिप गौतमले लेखेका छन् भने छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त्तरुपमा निर्देशन गरेका छन् । आसुसेन फिल्मस प्रालिको चौथो प्रस्तुति रहेको फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा प्रदीप र क्रिष्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ । फिल्म आउँदो चैत २८ गते प्रदर्शन मा आउँदैछ ।

https://youtu.be/UaeScocRNsQ