दिपक बोहोरा, पाँचथर । राइजिङ स्टार फुटबल क्लब पाँचथरको आयोजनामा हुने मिक्लाजुङ रबि गोल्डकपको छैटौ संस्करण चैत २४ गतेबाट आयोजना हुने भएको छ ।
पाँचथरको दोश्रो ठुलो ब्यापारिक केन्द्र मिक्लाजुङ गाउँपालिकाको केन्द्र समेत रहेको रबि बजारमा मिक्लाजुङ रबि गोल्डकपको छैटौ संस्करण चैत २४ देखि २०७७ बैशाख १ गते सम्म आयोजना हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रतियोगिता चैत्र २४ गतेबाट २०७७ बैशाख १ गेत सम्म मिक्लाजुङ ४ मा रहेको अमरदिप आधारभुत बिद्यालयको खेलमैदानमा हुने आयोजकले जानकारी दिए । प्रतियोगितालाई वाइवाइले टाइटल प्रायोजन गर्ने छ ।
प्रतियोगितामा आयोजकसहित ८ टिमको सहभागिता रहने छ । प्रतियोगितमा ए डिभिजन लिग खेलिरहेको सरस्वती युथ क्लब काठमाण्डौ, चर्च ब्वाइज क्लब काठमाण्डौ, गोर्खा ब्वाइज रुपन्देही, भाङबारी फुटबल क्लब दमक झापा, इलाम फुटबल क्लब इलाम र छिमेकी देश भारतको रोयल फुटबल क्लब सिलिगुडी र मदन भण्डारी स्पोर्टस् एकाडेमी र आयोजक क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।
झन्डै ३५ लाख खर्च हुने प्रतियोगिताको विजेताले नगद ३ लाख प्राप्त गर्ने आयोजकले बताएका छन् । उपबिजेता टिमले नगद २ लाख प्राप्त गर्ने छ । ब्यक्तिगत विधातर्पmको पुरस्कार राशि राखिने आयोजकले जनाएको छ ।