समाज

निरौलालाई मदन स्मृति जेसीज पत्रकारिता पुरस्कार

By admin

February 13, 2020

बिर्तामोड । वीरता जेसीजले गतवर्षदेखि प्रदान गर्दै आएको मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई प्रदान गरिएको छ ।

वीरता जेसीजका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार मदन ढकालको स्मृतिमा ढकालका परिवारहरुले अक्षयकोष स्थापना गरी पुरस्कारको स्थापना गरिएको हो । उक्त पुरस्कार वीरता जेसीजको ३९औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा अक्षयकोषका दाता सावित्रा ढकाल र रेखा घिमिरेले वुधबार उपसम्पादक निरौलालाई प्रदान गरेका थिए । पुरस्कारको राशि ११ हजार रहेको छ ।

सोही कार्यक्रममा दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार पूर्वअध्यक्ष राजेन्द्र चौलागाईलाई प्रदान गर्ने घोषणा गरिएको थियो । उक्त पुरस्कार वीरता जेसीजका पूर्वअध्यक्ष दिलकुमार घिमिरेको स्मृतिमा रेखा घिमिरे र लव घिमिरेले अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गरेका हुन् । उक्त पुरस्कारको राशि ११ हजार रहेको छ ।

यसैबीच वीरता जेसीजको सन् २०२० को अध्यक्षमा निर्वाचित मिजास पोखरेलले बुधबार पदभार ग्रहण गरेका छन् । वीरता जेसीजको ३९औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहका बीच अध्यक्ष पोखरेलले पदभार ग्रहण गरेका हुन् । सन् २०१९ का अध्यक्ष विशाल थापाको गलामा रहेको जेसीज अध्यक्षीय चेन पूर्वअध्यक्षहरुले सन् २०२० का अध्यक्ष पोखरेललाई पहिर्याएर पद हस्तान्तरण गराएका थिए ।

त्यसक्रममा सन् २०१९ का अध्यक्ष थापाले सन् २०२०का अध्यक्ष पोखरेललाई शपथ ग्रहण गराएका थिए । वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत एकराज गिरीले अध्यक्ष पोखरेललसहित नयाँ कार्य समितिको नाम घोषणा गरेका थिए ।

साधारणसभाबाट वर्ष २०२० का लागि कार्यकारिणी उपाध्यक्षमा घनश्याम चौधरी, प्रवेश बस्नेत, संयुक्त सचिवमा युवराज कुँवर, उपाध्यक्षहरुमा अनन्तलाल महतो, टीकाराम खतिवडा, कमल श्रेष्ठ, प्रभात मास्के, जनसम्पर्क अधिकारी पुकार बराल, तालिम आयुक्त लोकचन्द्र श्रेष्ठ (एलसी), प्रकरण निर्देशकमा अमरजित साह निर्वाचित भएको र उनीहरुलाई अध्यक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले विभिन्न पदमा मनोनित गरी कार्य समितिलाई पूर्णता दिँदै पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यसमितिको कानूनी सल्लाहकारमा कुशल खतिवडा, महासचिवमा विकास बस्नेत, कोषाध्यक्षमा प्रकाश सुवेदी, सहकोषाध्यक्षमा सञ्जीव घिमिरे रहेका छन् ।

वीरता जेसीजका सन् २०१९का अध्यक्ष विशाल थापाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जीवनकुमार खड्काले स्वागत गरेका थिए । कार्यक्रममा प्रवीन खड्काले आस्था वाचन र राजीव धिमालले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष जेसीआई सिनेटर बिनोद बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्ष थापाले सात जनालाई उत्कृष्ट जेसी अवार्ड प्रदान गरेका छन् । अवार्ड पाउनेहरुमा विकास बस्नेत, जीवनकुमार खड्का, दिवाकर प्रसाईं, दिवाकर चौधरी, लोकचन्द्र श्रेष्ठ (एलसी), राजीव धिमाल, कुशल खतिवडा रहेका छन् ।

त्यस्तै जेसीज अफ द इयरको अवार्ड टहलदास ओलीले प्राप्त गरेका छन् । सोही कार्यक्रममा साहित्यकार भगवती ढुंगेललाई जेसीज साहित्य पुरस्कार प्रदान गरिएको थियो भने दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार कुशल खतिवडालाई प्रदान गर्ने घोषणा गरिएको थियो ।