समाज

गणपति याक्थुम्वाको भव्य विदाइ

By admin

February 18, 2020

अर्जुनधारा । नयाँ श्रीनाथ गण चारआलीका गणपति (कर्नेल) मुक्स याक्थुम्वालाई सम्मानसहित विदाइ गरिएको छ ।

वीरता जेसीज, वडी ग्यारेज र पूर्वेली युवा क्लवले अर्जुनधाराको लंका रिसोर्टमा आयोजना गरेको एक कार्यक्रमका बीच सरुवा भएर जान लागेका गणपति याकथुम्वालाई झापामा रहँदा सुरक्षाको क्षेत्रबाट झापाली नागरिकलाई पुर्याएको योगदानको कदरस्वरुप सम्मानसहित विदाइ गरेको हो ।

वडी ग्यारेजका सञ्चालक तथा कार्यक्रम संयोजक दिपेन चौधरीको अध्यक्षता तथा नयाँ श्रीनाथ गणका गणपति याकथुम्वाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल, वडी ग्यारेजका सञ्चालक राम दाहाल र पूर्वेली युवा क्लवका पूर्व अध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष सञ्जु भारतीलगायतले गणपति याक्थुम्वालाई सम्मान गरेका थिए ।