राजनीति

जन्मदिन मनाउन प्रधानमन्त्री जन्मघर तेह्रथुमको इवा जाँदै

By admin

February 23, 2020

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ जन्मदिन आफ्नो जन्मघर इवाको सल्लेमा मनाउन लाग्नुभएको छ ।

आज फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले जानु लाग्नुभएको हो । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिनुभएको हो । प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री आफ्नो गाउँ जान लाग्नुभएको हो ।

ओली जन्मिएको पहाडी घर विक्रिभइसकेको थियो । तर आफ्नो थातथलो संसक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किन्नुभएको थियो । २०२४ सालमा ओलीका पिता मोहनप्रसादले साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किन्नुभएको हो ।

बुबा मोहनप्रसादले पहाडको घर किन्ने आग्रह गरेपछि प्रधानमन्त्रीले बुवाको इच्छा पुरा गर्नुभएको हो । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो।

१२ वर्ष अघि म्रिगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली दोस्रो पटक पनि म्रिगौला प्रत्यारोपणको तयारीमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ ।

आजै प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्नुहुने छ । पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउनुको साथै ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।