खेलकुद

ताप्लेजुङका महिला फुटबलरलाई रेड स्टारको खेल सामग्री

By admin

March 13, 2020

झापा । रेड स्टार फुटबल क्लब झापाले ताप्लेजुङका महिला फुटबलरलाई खेल सामग्री प्रदान गरेको छ ।

झापाको अर्जुनधारा ९ मा आयोजित महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा पुगेको टोली कर्णसिं सोनाम महिला फुटबल क्लब ताप्लेजुङका खेलाडीलाई शुक्रबार क्लबका पदाधिकारीले खेल सामग्री प्रदान गरेका हुन् ।

क्लबका अध्यक्ष राजन लाम्गादेले एक थान फुटबल र १५ थान मोजा ताप्लेजुङका प्रशिक्षक डिके मादेन र खेलाडीलाई प्रदान गरेका थिए । अनौपचारिक कार्यक्रममा क्लबका सदस्य मिलन शंकर, विकास पुरी, विकास खड्का र मदन बुर्जामगरलगायतको उपस्थिति थियो ।

ताप्लेजुङले फाइनल खेलमा कनकाई नगर खेलकुद विकास समिति झापासँग २–१ गोलअन्तरमा पराजय भोगेको छ । ताप्लेजुङ साविक विजेता टोली हो ।