समाज

सुकेटार विमानस्थलमा हेल्प डेस्क

By admin

March 17, 2020

ताप्लेजुङ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि ताप्लेजुङको एकमात्र विमानस्थल सुकेटारमा हेल्प डेस्क स्थापना गरिएको छ ।

हेल्प डेस्कको स्थापना गरेसंगै सोमबारदेखि यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । नगरपालिकाको शहरी स्वास्थ्य केन्द्रमार्फत सुकेटार विमानस्थलमा सञ्चालन हुने गरी हेल्प डेस्क स्थापना गरिएको हो ।

हवाई यात्रुको तापक्रमसहितका स्वास्थ्य परीक्षण गर्न थालिएकोे प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । सुकेटार विमानस्थलमा अहिले प्रत्येक हप्ताको सोमबार, मंगलबार, बुधबार र शनिबार काठमाडौ–ताप्लेजुङ नेपाल वायु सेवा निगमले र काठमाडौं ताप्लेजुङ तथा ताप्लेजुङ–भद्रपुर सीता एयरले उडान सञ्चालन गर्दै आएको छ ।