समाज

‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्नेमा सत्यता छैन : सेना (विज्ञप्तिसहित)

By admin

March 21, 2020

काठमाडौं । ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो।

यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ।