झापा । अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा व्यवसाय गर्दै आएका गोविन्द खतिवडाले एकल प्रयासमा विपन्न १२० घरपरिवारलाई खाद्यान्न वितरण गरेका छन् ।

कोरोना भाइरसको संक्रमण भइरहेका बेला सरकारले जारी गरेको लकडाउनमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई युवा व्यवसायी खतिवडाले खाद्यान्न वितरण गरेका हुन् । उनी अर्जुनधारा ७ निवासी हुन् र उनले ७ नम्बर वडामा रहेका विपन्न खाद्यान्न वितरण गरेका हुन् ।

वितरण गरिएको खाद्यान्नमा १५ केजी चामल, ५ केजी आलु, ५ केजी मुुसुरो दाल, २ लिटर खानेतेल, १ केजी नुन र १ वटा हात धुने साबुन रहेको छ । उनले ७ नम्बर वडाकाे टाेल टाेलमा पुगेर खाद्यान्न वितरण गरेका थिए ।