समाज

पूर्वी नाकाबाट ग्यास, स्वास्थ्य सामग्री र पेट्रोलियम पदार्थमात्र आयात हुने

By admin

April 06, 2020

रोहित काफ्ले झापा । झाापाको पूर्वी नाका काँकरभिट्टाबाट सोमबारदेखि खाना पकाउने ग्यास, स्वास्थ्य सामग्री र पेट्रोलिय पदार्थ बोकेका सवारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ ।

लकडाउनको समयमा तरकारी सामग्री बोकेका भारतीय सवारी पनि भित्रँदै आएका पूर्वी नाकाबाट अबदेखि लकडाउन समय अवधिभर अन्य सवारीलाई प्रवेशमा रोक लगाइएको हो ।

भारतमा कोरोना संक्रमित बढ्दै गएको र यसबाट नेपालमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै प्रदेश सांसद गोपालकुमार बुढाथोकीको पहलमा आइतबार भएको सर्वपक्षीय भेलाले उक्त निर्णय गरेको हो ।

जोखिम बढेकोले यस्तो निर्णय गर्नुपरेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले जानकारी दिनुभयो । यसअघि, तरकारीलगायतका सामग्रीका गाडीहरु प्रवेश भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।