समाज

अर्जुनधारा २, ३ र ६ का विपन्नलाई खाद्यान्न वितरण

By admin

April 06, 2020

झापा । अर्जुनधराा नगरपालिकाले निर्णय गरेबमोजिम नगरमा रहेका विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने क्रम जारी रहेको छ ।

अर्जुनधारा वडा नम्वर २, ३ र ६ मा सोमवार राहत वितरण गरिएको छ । लकडाउन लम्बिरहेको बेला वडाले टोल टोलमा पुगेर राहत सामग्री वितरण गरेको हो । कोरोना भाइरस संक्रमणलाई फैलन नदिनका लागि दूरी कायम गरी राहत वितरण गरिएको वडा सदस्य होम दुलालले बताए । यहाँ २५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

स्वास्थ्यकर्मीसंग अनुगमनका लागि खुदुनाबारी पुगेका पत्रकारहरुसंग कुरा गर्दै वडा नम्बर २ र ३ ले लकडाउनको पालना गरेको अध्यक्ष जीवन भण्डारीले बताउँदै राहत वितरणमा बोर्ड सदस्यहरु खिनमान दास, दीलमाया दास, सदस्यहरु सीताराम भट्टाराई, होम दुलाल, रेडक्रस अध्यक्ष भोला बराल, नेकाका डिल्ली अधिकारी, नेकपाका भिम बाँस्कोटा, वडा सचिव कमला शिवाकोटी र सशस्त्र प्रहरीका किरण केसी सहभागी रहेको बताए।

यता वडा नम्बर २ मा पनि प्रत्येक टोल टोलमा राहत वितरण गरेको वडा सदस्य उत्तम मगरले जानकारी दिए । यहाँ १५० विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

यसैगरी वडा नम्बर ६ मा पनि सोमबार नै विपन्न परिवारलाई वडा कार्यालयले खाद्यान्न वितरण गरेको छ । वडाध्यक्ष लोकनाथ गौतमका अनुसार वडामा रहेका २६० विपन्न परिवारलाई खाद्यान्न प्रदान गरिएको हो ।