समाज

प्रदेश १ का स्वास्थ्यकर्मीलाई निःशुल्क सिमकार्ड

By admin

April 15, 2020

विराटनगर । प्रदेश नं १ का स्वास्थ्यकर्मीका लागि निः शुल्क सिमकार्ड वितरण गरिने भएको छ ।

एनसेल विराटनगर शाखाले प्रदेश नं १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरी मंगलबार सामाजिक विकासमन्त्री घिमिरेलाई सिमकार्ड उपलब्ध गराएको छ ।

कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि सिमकार्ड उपलब्ध गराइएको एनसेल विराटनगर शाखाका प्रमुख चाँदबाबु इराकीले जानकारी दिए ।

सिमकार्ड तीन दिनभित्रमा सबै स्वास्थ्य कार्यालयमा पुग्ने गरी पठाइने छ । रासस