झापा । विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विभिन्न मुलुकबाट ९९९ जना झापा आएका छन् । फर्किनेमध्ये अधिकांश वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख एवं कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिका संयोजक सोमनाथ पोर्तेलका अनुसार सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ५०७ जना आएका छन् ।
त्यसपछि युनाइटेड अरब इमिरेट्सबाट २०२, कतारबाट ११२, मलेसियाबाट ३४, साउदी अरेबियाबाट ३२, युनाइटेड स्टेटबाट १५, बहराइन र कुवेतबाट १४-१४, दक्षिण कोरियाबाट नौ, ओमनबाट आठ, हङकङ, जापान र माल्दिभ्सबाट छ-छ जना आएका छन् । अन्य मुलुकबाट एक-दुई जनाको सङ्ख्यामा झापा आएका छन् ।
यस्तो छ झापाको अवस्था कोरोना भाइरसविरुद्धको अभियान झापामा तीव्ररूपमा अघि बढिरहेको छ । सचेतना अभिवृद्धि, राहत वितरण, कोरोना परीक्षण, लकडाउनको पूर्णपालना गर्ने गराउनेलगायतका विषयमा जिल्ला एवं स्थानीय तहस्तरीय विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।
स्वास्थ्य, शिक्षा, सुरक्षादेखि आधारभूत आवश्यकता परिपूर्तिका क्षेत्रमा सरोकारवाला निकाय आ–आफ् हालसम्म ४१ हजार ५ सय ३८ परिवारका एक लाख ६९ हजार ८ सय ८ जनालाई राहत वितरण गरिएको छ ।
उनीहरुलाई सात लाख ५७ हजार २ सय ५० किलो चामल, ९५ हजार १ सय २७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४ सय १४ किलो तेल, २९ हजार ८ सय ५८ साबुन र चिनी चिउरालगायतका ४९ हजार ९ सय ५१ किलो राहत सामग्री उपलब्ध गराइएको जिल्ला समन्वय समितिका प्रमुख एवं कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समितिका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।
झापाका १५ स्थानीय तहले स्थापना गरेको कोरोना राहत कोषमा हालसम्म छ करोड २० लाख ५६ हजार ७ सय ४३ रुपैयाँ रकम जम्मा भएको छ । जसमा स्थानीय तहको चार करोड ९३ हजार रुपैयाँ रहेको छ भने व्यक्तिगत एवंं सामाजिक सङघसंस्थाका तर्फबाट दुई करोड १९ लाख ६३ हजार ७ सय ४३ रुपैयाँ प्राप्त भएको छ ।
६८४ जनाको परीक्षण झापामा गत चैत २८ गतेदेखि शुरु भएको द्रुत परीक्षण विधिबाट हालसम्म ६ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ ।
जसमध्ये ६ सय ५९ जनाको आरडिटी, ८४ जनाको स्वाब, ८४ जनाको पिसीआर, ५९ जनाको पिसीआर र आरडिटी दुवै परीक्षण गरिएको स्वास्थ्य कार्यालयका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिए ।
१८५ क्वारेन्टाइनमा, २३९ घर फर्के झापाका १५ स्थानीय तहले २७ स्थानमा ७७८ जना क्षमताका क्वारेन्टाइन बनाएका छन् । जसमा हाल १८५ जना रहेका छन् भने २३९ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । होम क्वारेन्टाइनमा एक हजार ४६ जना रहेका छन् । (सजिलो खबरबाट)