समाज

ब्लड क्यान्सरले मृत्यु भएकी युवतीमा कोरोना देखिएन

By admin

April 26, 2020

वीरगन्ज । आरडीटी परीक्षणमा तीन पटक एन्टीबडी पोजिटिभ देखिएकी युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ ।

२३ वर्षीया युवतीको आइतबार बिहान वीरगन्जमा मृत्यु भएको थियो । पटकपटकको आरडीटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो ।

तराई रिसर्च अस्पताल र नारायणी अस्पतालमा उनको आरडीटी परीक्षण गरिएको थियो। नारायणी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो।