समाज

झापासहित सात जिल्लामा दादुराको प्रकोप, दुई जनाको मृत्यु

By admin

April 30, 2020

बिर्तामोड । नेपालमा विभिन्न जिल्लामा देखिएको दादुराको प्रकोप नियन्त्रणमा आएको छ । झापासहित सातवटा जिल्लामा दादुराको प्रकोप देखिएको थियो ।

पुसदेखि देखिएको प्रकोप नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागले बिहीबारको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

पुसदेखि हालसम्म झापा, सर्लाही, धादिङ, काठमाडौँ, ललितपुर, चितवन र गोर्खामा १८५ जना दादुराका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशासक डा झलक गौतमले बताए ।

‘प्रयोगशाला परीक्षणपछि दादुराको प्रकोप निदान भइसकेको छ’, डा गौतमले भने, ‘यो बीचमा दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।’ दादुरा खोप नलगाएको धादिङका दुई बालबालिकाले चैतमा ज्यान गुमाएको उनले जानकारी दिए ।

दादुरा सङ्क्रमण देखिएकमा ४ महिनादेखि ४० वर्षसम्म उमेर समूहका मानिस छन् । खोप नपाएका कारण उनीहरुमा दादुरा सङ्क्रमण देखिएको डा गौतमले बताए ।