समाज

फुङ्लिङ बजारमा आगलागी, ७ वटा घर र ११ पसल जले (भिडियाेसहित)

By admin

May 02, 2020

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ वटा पसल जलेर नष्ट भएका छन् ।

मानवीय क्षति भए नभएको हालसम्म जानकारी नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

राति साढे १० बजेबाट सुरु भएको आगो दुई घण्टापछि करिब साढे १२ बजेमात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको स्थान पुरानो बैंक लाईन हो, यसलाई ट्याक्सी काउण्टर क्षेत्र पनि भनिन्छ ।

दमकलमा पूरा पानी नहुँदा आगो नियन्त्रणमा ढिलाई भएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयबासी खटेका थिए ।

‘घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगलागी नियन्त्रण गर्न निकै हम्मे परेको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ ।

भिडियाे सुबास आचार्य