समाज

झापाका तेस्रो व्यक्तिमा कोरोना पुष्टि

By admin

May 18, 2020

झापा । झापामा थप एक जनालाई कोरोना भाइरस संक्रमण भएको छ । योसँगै झापामा संक्रमितको संख्या तीन पुगेको छ ।

सोमबार दक्षिणी झापाको कचनकवल–६ का एक जना ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । विराटनगरस्थित प्रयोगशालामा उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनलाई उपचारका लागि विराटनगर लैजाने तयारी भइरहेको छ । उनी चार दिनअघि मात्रै भारतबाट आएका हुन् ।

भारतमा रेल खुल्ना साथ उनी झापाको दक्षिणी क्षेत्रबाट भित्रिएका हुन् । ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । उनको स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

उनी बैशाख २ गते नेपाल छिरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । उनीसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । सोमबार मात्रै मोरङ रतुवामाई नगरपालिकाका एक युवकमा पनि कोरोना पुष्टि भएको थियो ।

यसअघि झापामा दुई जना संक्रमित भएका थिए । उपचारपछि झापा बाह्रदशीका संक्रमित घर फर्किसकेका छन् । दमकका संक्रमितको विराटनगरमा उपचार भइरहेको छ ।