समाज

थप संक्रमित युवा झापा गाउँपालिकाका

By admin

May 23, 2020

बिर्तामोड । झापामा थप एक जनामा कोरोना भाइरस पुष्टि भएको छ । शनिबार अपरान्ह एक जना थपिएका हुन् ।

झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । याे संक्रमणसँगै झापामा संक्रमित पालिकाकाे संख्या पनि बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झापाका संक्रमित युवाका बारेमा प्रष्ट पारेका थिएनन् ।

योसँगै झापामा संक्रमितको संख्या ३६ पुगेको छ । जसमध्ये कचनकवल गाउँपालिकाका ३३ जना छन् । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।