समाज

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

By admin

May 30, 2020

काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।

हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।

कपिलवस्तुमा ७७ जना संक्रमित शनिबारमात्रै कपिलवस्तुमा थप ७७ जनामा कोभिड १९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् भने कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना छन् । यस्तै, यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ जना तथा २५ र १९ बर्षका २ जना महिला संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

शुक्रबारमात्रै यहाँ ५२ जना संक्रमित थपिएका थिए ।