समाज

शनिबार झापाका १ जनामा कोरोना पुष्टि

By admin

May 30, 2020

झापा । झापाका कोरोना संक्रमितको संख्या १०८ पुगेको छ । शुक्रवारसम्म झापामा १०७ जना संक्रमित थिए । शनिवार थप एक जनामा संक्रमण देखिएको हो ।

झापाका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

झापामा एक सयभन्दा बढी संक्रमित कचनकवल गाउँपालिकाका छन् ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई दुई जना र झापा गाउँपालिका, दमकमा एक एक जना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निको भएर घर फर्किसकेका छन् ।