काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ५४ जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आइतबार कोरोना जाँच गरिएको छ ।

नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलगायत जनप्रतिनिधि र कर्मचारीहरुको नगरपालिका परिसरमा नै ५४ जनाको पीसीआर (थ्रोट स्वाब) को टेष्ट गरिएको हो ।

स्वास्थ्यकर्मी चन्द्रशेखर यादवसहितकोे टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना संकलन गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा संकलन गरिएको नमूना परीक्षण १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।

शाखा संयोजक शशिकला राई, सहसंयोजक रामनारायण यादव, टीकाराम ढकाल, गोपाल बराल, दीपक सापकोटालगायतको स्वास्थ्यकर्मीको टोलीले स्वाबको नमूना संकलन गरेको थियो ।

पीसीआरको रिपोर्ट ३ दिनपछि आउँने चौलागाईँले जानकारी दिए ।