समाज

झापाको बाह्रदशीका थप २ जनामा कोरोना संक्रमण पुष्टि

By admin

June 01, 2020

झापा । झापाको बाह्रदशीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घन्टामा थपिएका कोरोनाभाइरसका संक्रमित अहिलेसम्मकै बढी हो।

आज झापाका २ सँगै नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।

नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा देवकोटाले संक्रमितको संख्या १ हजार ७९८ पुगेको जनाए ।