सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका विभिन्‍न जिल्लाका ८ जनालाई शुक्रबार डिस्चार्ज गरिएको छ ।

१८ वर्षदेखि ४० वर्षका उनीहरुलाई जेठ २० गते आइसोलेसनमा ल्याइएको थियो । डिस्चार्ज हुनेहरुमा सबै पुरुष छन् ।

डिस्चार्ज हुनेहरुमा झापा, पाँचथरका १-१ जना रहेका छन् भने सुनसरी र ताप्लेजुङका ३-३ जना रहेका छन् ।

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार कोरोना संक्रमित भएपछि आइसोलेसनमा राखेको केही दिनमा पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज दिइएको हो ।

प्रतिष्ठानबाट यसअघि ३० जनासहित कुल सय जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा अब २४ जनामात्र डिस्चार्जको पर्खाइमा छन् ।